हत्या अभियोगमा साउदीमा अलपत्र ५ नेपाली स्वदेश फिर्ता

काठमाडाैं | चैत १९, २०७९

हत्या अभियोगमा साउदीमा अलपत्र ५ नेपाली स्वदेश फिर्ता

साउदी : बैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेर हत्या अभियोगमा अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन्।

 

साउदीको अल अन्सारी प्लाजा नामक कम्पनीमा कार्यरत उनीहरू लामो समयदेखि  एक भारतीय नागरिक सँगै रुममा बसेका थिए तर भारतीय नागरिकको २०१८ नोभेम्बरका दिन  शंकास्पद मृत्यु भएलगत्तै उनीहरूलाई कानुनी रुपमा सोधपुछ गरि शंकास्पद  हत्या भएको र अन्य कुनै सन्दिग्ध अपराधी फेला नपरेको कारण उक्त हत्या अभियोगमा चार वर्ष जेल सजाय भएको थियो।

 

पिडीत नेपालीले आफू निर्दोष रहेको र उद्दार गरिदिन नेपाली राजदुतावास र एन आर एन लाई आग्रह गरेका थिए। नेपाली दूतावासको निरन्तर प्रयासपछि साउदी अदालतले ३ अगस्ट २०२२ का दिन निर्दोष सावित गरी जेलमुक्त गर्न आदेश दिएको थियो। त्यसपश्चात उनीहरूलाई मध्यपूर्व संयोजक राजेन्द्र अर्याल तथा हेल्प मधेसीको सहयोगमा खान बस्नसहित एन आर एन को अस्थायी शिविरमा राखिएको थियो। 

 

पिडीत नेपालीलाई स्वदेश फिर्ताको लागि आवश्यक कानुनी  प्रक्रिया पूरा गरी बहिर्गमन भिषा उपलब्ध गराइएको थियो। हत्या अभियोगमा  इन्द्रजित मन्डल (महोत्तरी), बासुदेब ठाकुर (सिरहा), धनबहादुर तामाङ (इलाम), कृष्ण बहादुर घन्सी (भक्तपुर) र रामप्रसाद ठाकुर (धनुषा)का रहेका छन्। १ अप्रिल २०२३ का दिन उनीहरू स्वदेश फिर्ता भएका छन्। 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्